Search
Close this search box.

मिडिया कप फुटसलकाे उपाधि पत्रकार महासंघलाई

हेटौंडा, मकवानपुरगढी फुटसल मैदानमा साेमबार भएको मिडिया कप फुटसल प्रतियोगिताको उपाधि नेपाल पत्रकार महासंघ मकवानपुरले जितेको छ । रेडियो मकवानपुरको १५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित मैत्रीपूर्ण ‘मिडिया कप’ फुटसल प्रतियोगिताको उपाधि महासंघ मकवानपुरको टिमले हात पारेकाे हाे ।

सोमबार भएको खेलमा थाहा–नवयुग मिडियालाई १२–० काे फराकिलाे गोल अन्तरले पराजित गर्दै पत्रकार महासंघ मकवानपुरले पाचौँ संस्करणको उपाधि चुमेको हो । खेलको पहिलो हाफमा महासंघको टिमले थाहा–नवयुग विरुद्ध ५ गोल गरेको थियो भने दोस्रो हाफमा थप ७ गोल गरेको थियो । पत्रकार महासंघ मकवानपुरका कार्य समिति सदस्य गणेश दुलालको नेतृत्वमा रहेको महासंघको टिमलाई सचिव केशव समर्पणले व्यवस्थापन गरेका थिए । त्यसअघि महासंघको टिमले आयोजक रेडियो मकवानपुरलाई ३–२ ले हराएको थियो भने उपविजेतामा सिमित भएको थाहा/नवयुग मिडियाले बागमती एक्सप्रेसलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा ४ वटा टिमहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको लागि नाम दर्ता भएका थप ४ टिम सहभागी भएका थिएनन् । प्रतियोगिता आयोजनाका लागि बागमती प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेश र हेटौंडा उपमहानगरपालिकाको पनि सहयोग रहेको छ ।
गत वर्ष भएको चौंथो संस्करणको फुटसल प्रतियोगिताको उपाधि टिम एन्ट्रन्सले जितेको थियो । प्रतियोगिताको उपाधि विजेता पत्रकार महासंघ र उपविजेता नवयुगको टिमलाई मंगलबार रेडियो मकवानपुरको वार्षिकोत्सवको समापन कार्यक्रम नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan