बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले मङ्गलवार सर्वदलीय बैठक बोलाएका छन् । उनले बागमती प्रदेशसभामा सहभागी सबै दललाई सर्वदलीय बैठकमा सहभागी हुन अनुरोध गरेका हुन् ।
सभामुख पाठकले अपराह्न ३ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरिएको बताए । उनका अनुसार प्रदेशसभाको माघ २३ गते मध्याह्न ११ बजे बस्ने बैठकका काम कारबाहीबारे छलफल हुनेछ।
प्रदेश सरकारले ल्याएका विभिन्न चारवटा विधेयक तथा विभिन्न समितिमा छलफल भई प्रतिवेदन तयार भएको केही विधेयकलाई पूर्ण बैठकमा छलफल गरी पारित गर्नुपर्ने भएकाले त्यसमा सहमतिका लागि सर्वदलीय बैठकको आयोजना गरिएको सभामुख पाठकले बताए ।
गत माघ १८ गते बसेको प्रदेशसभा बैठकमा प्रतिपक्ष दलहरूको सहभागिता नभएपछि बैठकमा सरकारद्वारा प्रस्तुत गर्ने भनिएको विधेयक प्रस्तुत नभएपछि सभामुखद्वारा बैठक आव्हान भएको हो ।
केही प्रतिक्रिया छ कि ?