नारायणी विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको ६५ हजार ६२८ कित्ता शेयर बिक्रीमा राखेको हो ।
बैंकले हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको जनाएको छ ।
बैंकका अनुसार, तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा भने सो शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ ।
शेयर खरिद गर्न इच्छुक संस्थापकले आवश्यक कागजातसहित ३५ दिनभित्र चितवनको रत्ननगरस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने जनाइएको छ ।
केही प्रतिक्रिया छ कि ?