Search
Close this search box.

प्रदेश उत्कृष्ट जनप्रिय माविको वार्षिकोत्सवमा रक्तदान सहित विविध कार्यक्रम सम्पन्न

बागमति प्रदेशकै उत्कृष्ट विद्यालय जनप्रिय मावि हेटौँडाले आफ्नो ५१ औँ वार्षिकोत्सवको अवसरमा आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले मंसिर १५ लाई लक्षित गरी सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन प्रसाद बस्ताकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका सहायक प्रअ रामआशिष मण्डलको अध्यक्षता रहेको थियो । हेटौँडा ७ की प्रगती गौतमले पहिलो रक्तदाताको रुपमा रक्तदान गरिएको कार्यक्रममा १७ जना रक्तदाताहरुले रक्तदान गरेका हुन् । कार्यक्रममा विव्यस सदस्य गोबिन्दप्रसाद दुलाल, सरस्वती गौतम दुलाल, ज्योति गौतम, विद्यालय नर्स गृष्मा पराजुली, स्वास्थ्यकर्मीहरु विष्णुप्रसाद रिमाल, किशोर सापकोटा, इन्ताज अहम्मद लगायतको आतिथ्यता रहेको थियो । यसैगरी विद्यालयका नेपली माध्यम संयोजक निरबहादुर खड्का, अङ्ग्रेजी माध्यम संयोजक रबिन श्रेष्ठ, प्राथमिक तह संयोजक तथा अतिरिक्त क्रियाकलाप विभाग संयोजक युक्तलाल विश्वकर्मा, परीक्षा संयोजक रणजित कुमार साह, खेलकुद विभाग संयोजक शालिकराम घिमिरे लगायतको उपस्थि रहेको थियो ।

बागमति प्रदेशकै उत्कृष्ट जनप्रिय माविले आफ्नो ५१ औँ वार्षिकोत्सवको अवसरमा बालबलिकाको शारीरिक, मानसिक, सामाजिक र बौद्धिक विकासमा आधारित विविध कार्यक्रमहरु सञ्चालन गरेको छ । विद्यालयले मंसिर ११ गते प्राथमिक तहका सबै कार्यक्रमसँगै कक्षा ६ देखि ८ निमावि र मावि तहमा विविध कार्यक्रम आयोजनासँगै शुरु गरेको छ । जसअन्तर्गत प्राथमिक (१-३) तहमा विवध कार्यक्रम आयोजना गरिएको संयोजक अनिता शिवाकोटीले बताइन् ।

भोलि १३ गते पुस्तक विमोचन पूर्व तयारी, डोरी तान्ने, भलिबल फाइनल लगायत कार्यक्रम रहेका छन् । १५ गते समापन हुने कार्यक्रममा सबैलाई प्रमाणपत्र बितरण गरिने प्रधानाध्यापक भुपेन्द्र चौँलागाईले बताए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan