स्वदेशगान ‘जाग जाग’ सार्वजनिक

हेटौंडा– वरिष्ठ संगीतकार स्वर्गीय भोला जोशीको ‘जाग जाग’ बोलको स्वदेश गीत सार्वजनिक गरिएको छ । सो गीतको म्यूजिक भिडियो केहीदिनअघि वनएमबी प्लस युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

शम्भुप्रसाद बाँस्कोटाको शब्दमा रहेको उक्त गीतमा गायक तथा संगीतकार घनश्याम ढकाल, गायक तथा पत्रकार बलराम पुडासैनी, पुस्कर नेपाल, युवराज लामा, गायिकाहरु क्रमश रोजिना बल, संगीता मगर र पुनम थापा मगरले स्वर भरेका छन् ।
गीतको संगीत संयोजन दिपकराज विश्वकर्माले गरेका हुन् । भिडियोको दृश्य सम्पादन भने अन्तरा स्टुडियोले गरेको हो ।
आम नेपालीमा राष्ट्रिय भावना जागृत गराउने उद्देश्यले सुरभारम्भ कला केन्द्रको सहयोगमा गीत तयार पारिएको गीतकार बाँस्कोटाले जानकारी दिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...