Search
Close this search box.

बकैयामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको आरोपमा २६ वर्षीय पुरुषविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता भएको छ।

प्रहरीका अनुसार कात्तिक १६ गते राति करिब १ः४० बजे बकैया गाउँपालिका–१ रजुवामा उक्त घटना भएको हो।

हेटौँडा उपमहानगरपालिका–१५ घट्टेदमार घर भएकी बालिका रजुवास्थित दिदीको घरमा बसेर अध्ययन गर्दै आएकी थिइन्। सोही स्थानका २६ वर्षीय रामशरण भोम्जनले बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेको प्रहरीले जनाएको छ।

घटनापछि आरोपितविरुद्ध जबरजस्ती करणीसम्बन्धी जाहेरी दर्ता भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan