Search
Close this search box.

आनन्दरामको सहयोगमा नयाँ घर पाएकी रुम्बामा उमंग

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेकी कान्छीमाया रुम्बा गत तीजपछि नयाँ खुसी र उमंग साट्दैछिन् । खर र प्लाष्टिकले छाएको झुप्रो घरमा बस्दै आएकी उनी दुई कोठे पक्की भवन पाएपछि खुसी नहुने कुरै भएन । उनको यो खुशी नेपाली कांग्रेसका नेता एवं मकवानपुर क्षेत्र नम्बर १ (खं)का उम्मेदवार आनन्दराम पराजुलीले दिएका हुन् ।

एकल महिला रुम्बा लामो समयदेखि असुरक्षित रहेको पानि चुहिने घरमा बस्दै आएकी थिइन् । रुम्बाको अवस्थाका बारेमा थाहा पाएपछि पराजुलीले उनलाई सहयोग गर्ने विचार गरे । दुखी गरिब र असाहयहरुलाई सहयोग गर्न सधै तप्तर देखिने पराजुलीले व्यक्तिगत लगानीमा रुम्बाको लागी दशै अघि नै दुई कोठे जस्ताले छाएको घर बनाइदिए । रुम्बा अहिले नयाँ घरमा बस्छिन् । घरपाएपछि खुशी भएकी रुम्बा पराजुलीको खुलेर प्रशंसा गर्छिन् । ‘आनन्दबाबुका कारण म नयाँ घरमा बस्न पाएको छु । हामी जस्ता गरिब दुखीलाई सहयोग गर्ने मान्छे पनि हुन्छन होला भन्ने लागेको थिएन तर आनन्दबाबुल आफ्नै खर्चमा मेरो लागी घर बनाइदिनुभयो । म खुशी छु ।’ रुम्बाले भनिन् ।

आनन्दराम पराजुली मकवानपुर क्षेत्र नम्बर १ को (ख) मा उम्मेदवार भएको थाहा पाएकी रुम्बले खुशी हुँदै जितको शुभकामना दिँदै सबैसँग पराजुलीलाई जिताइदिन आग्रह पनि गरिन् । ‘आनन्दबाबुलाई मेरो आशिर्वाद लागोस् । सबैले उहाँलाई भोट हालेर जिताइ दिनुहोला । आनन्दबाबु हामी जस्ता दुखी गरिबको लागि काम गर्ने मान्छे हो । आनन्दबाबुले जित्नुभयो भने हामी जस्ता दुखी गरिबको जिवनमा परिवर्तन हुन्छ ।’

पराजुलीले रुम्बाका लागि व्यक्तिगत लगानीमा घर बनाईदिएका थिए । उनले तीन लाखमा दुई कोठे जस्ताले छाएको घर बनाइदिएका हुन् । आफु पदमा हुँदा वा नहुँदा पनि आम नगरिकको आधारभूत आवश्यकता पुरागर्न सधैं तत्पर रहने पराजुलीलाई जनताले अमुल्य मत निर्वाचित गराउँनेमा कान्छिमाया रुम्बा विश्वस्त छिन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan