Search
Close this search box.

बकैयामा ट्याक्टर दूर्घटना, एक जनाकाे मृत्यु

हेटाैंडा- मकवानपुरकाे बकैया गाउँपालिका ४ छतिवनस्थित धरान चतरा सडकमा ट्याक्टर दूर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।  हेटाैंडाबाट हात्तिसुँडेतर्फ जाँदै गरेकाे  बा.प्र.०३-००१त ३४१ नं.को टेक्टर बुधबार राति करिब ९ बजेकाे समयमा अनियन्त्रित भई सडक पल्टिँदा मकवानपुरकाे बागमती गउँपालिका ५ बगेरिका बस्ने करिब २७ वर्षीय सत्यमान घिसिङको घटना स्थलमा नै  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । 

ट्याक्टरमा सवार साेही ठाउँका  ३५ वर्षीय दमै सिङ सिन्तान सामान्य घाइते भएका छन् । उनकाे हेटाैंडा अस्पतालमा उपचार भइरहेकाे छ । ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan