Search
Close this search box.

एमाले उम्मेदवार श्रेष्ठको प्रतिबद्धतापत्रः बिकासको मुल फुटाउने घोषणा

हेटौंडा – नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठले आफ्ना प्रतिवद्धतापत्र आज हेटौंडामा सार्वजनिक गरेका छन् । एमालेको निर्वाचन परिचालन कमिटीले आज पत्रकार सम्मेलन गर्दै उनले समेट्नु भएका प्रतिबद्धताहरुमा पहिले एमालेको सरकारले सुरु गरेका बिकासका काम पूरा गर्दै विकासको मुल फुटाउने बताए ।

हेटौंडा उपमहानगरका सबै वडाहरू र बस्तीहरूलाई सडक सञ्जालमा समेटिने गरी नगर सडकलाई व्यवस्थित गर्नुका साथै कर्रा तथा राप्ती खोलामा करिडोर निर्माण गरी पर्यटकीय गतव्य स्थान बनाइने उनले बताए । हेटौँडाबाट लामो तथा मध्यम दूरीको विद्युतीय वस सञ्चालन गर्न आवश्यक गृह कार्य गर्ने वताउँदै उम्मेदवार श्रेष्ठले भने–‘हालसम्म सडकको पहुँच नपुगेका वस्तीहरूमा सडकको पहुँच पुर्याई सडकको स्तरीकरण तथा विस्तार गरिनेछ ।
हेटौंडा बजार क्षेत्रका सडक फराकिलो बनाई वाइपास सडकका साथै वैकल्पिक चक्रपथको निर्माण गरी हेटौंडाको सडक र बसोबासलाई व्यवस्थित गर्न सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गरिनेछ । उपयुक्त स्थानको खोजी गरी हेटौंडामा विमानस्थलको निर्माणका लागि पहल गरिनेछ । कान्ति लोकपथको निर्माण तत्काल सम्पन्न गराउन पहल गर्नुका साथै पूर्णरूपमा सञ्चालनमा ल्याइनेछ ।’

यसैगरी हेटौंडा उपमहानगरपालिकालाई महानगर बनाउनका लागि आवश्यक पूर्वाधार तयार गरिने उनले बताए । हेटौंडा–काठमाणडौं सुरुङमार्ग राज्यको लगानीमा निर्माण गर्न पहल गरिने बताए । शिक्षा तथा खेलकुद विकासका काममा पनि धेरै खालका काम गरिने प्रतिवद्धता जनाए । हेटौंडालाई शैक्षिक हवको रूपमा विकास गरिनुका साथै हेटौंडामा प्रदेश विश्वविद्यालय स्थापना तथा सञ्चालन गरिने उनले बताए । प्राविधिक जनशक्ति तयार गर्न प्राविधिक शिक्षा ९जस्तैः वन, कृषि, पशु, इन्जिनियरि¨, स्वास्थ्य० शैक्षिक संस्थाहरूको स्थापना तथा सञ्चालन गर्न पहल गरिने उम्मेदवार श्रेष्ठकाे भनाइ थियाे ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan