हेटौंडा- लोकतान्त्रिक बाम गठबन्धनका मकवानपुर क्षेत्र नम्बर–१ प्रदेशसभा (ख) का उम्मेदवार आनन्दराम पराजुलीले मतदाताको आधारभूत आवश्यकता आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।
लोकतान्त्रिक बाम गठबन्धनले हेटौंडा–१२ घिसिङ टोल र १३ को बनस्पतिमा शुक्रबार आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै पराजुलीले मतदाताको आवश्यकता आफ्नो प्राथमिकता भएको बताएका हुन् । उनले मतको अपमान गर्नेलाई पाखा लागउनु पर्ने समय आएको बताए ।
’चुनाव जितेर जाने, जनतालाई अप्ठेरो पर्दा कानमा तेल हालेर बस्नेलाई फेरी पनि मत दिनु भनेको मत खेर फाल्नु हो’–पराजुलीले भने । उनले कोभिडको महामारी र प्रकोपको समयमा हेटौंडाको मतदाता माझ पुगेको स्मरण गर्दै आफु सधै जनताको दुःख र सुखमा साथै रहेको बताए । पराजुलीले सभामा निर्वाचन हारेपनि जितेपनि निरन्तर जनतामाझ रहने उदघोष गर्दै संविधानको रक्षा र राजतन्त्र फालेर ल्याएको लोकतन्त्र जोगाउन गठबन्धनका उम्मेदवारलाई अमुल्य मत दिएर जिताउन अपिल गरे ।
डीनाले भनिन्: बर्षौ सरकारमा बसेर काम नगर्नेलाई भाेट किन डिना
लोकतान्त्रिक बाम गठबन्धनकी मकवानपुर क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्यकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले पटक पटक सरकारमा गएर पनि केही नगर्नेलाई भोट दिन नहुने बताएकी छन् ।
शुक्रबार हेटौंडा–१२ को घिसिङ टोल र १३ को वनस्पती चोकमा लोकतान्त्रिक बाम गठबन्धनको आयोजनामा भएको चुनावीसभा र घरदैलोमा बोल्दै डीनाले पटक पटक चुनाव जितेर जाने र बर्षैसम्म सरकारमा बस्ने तर जनताको पक्षमा केहि नगर्नेहरुलाई भोट दिनु नहुने बताएकी हुन् । दुई तिहाइ नजिकको सरकार चलाउन नसक्ने, संविधान र व्यवस्था देखि नसहनेलाई पनि जनतासँग मत माग्ने अधिकार पनि नभएको बताइन् ।

उनले प्रतिगमनकारी लाई टिकट दिएर चुनाव लड्न पठाउने ओलीले काम गर्छ भन्नु दिवा सपना देख्नु जस्तै भएको बताईन् । सूर्य चिन्ह किनेर चुनाव लड्न आएकालाई के भन्नुहुन्छ ? भन्दै डिनाले एमालेका नेता कार्यकर्तालाई मत दिँदा विवेक प्रयोग गर्न समेत अनुरोध गरिन् । चुनावी सभालाई कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, नेकपा एस मकवानपुर अध्यक्ष सूर्य चन्द्र न्यौपाने, माओवादी केन्द्र मकवानपुरका सचिव भीम पाख्रिन लगायत कांग्रेस, माओवादी केन्द्र र नेकपा(एस)का नेताले सम्बोधन गरेका थिए ।

