Search
Close this search box.

निर्वाचनकाे *परिणाम राप्रपाकाे पक्षमा आउँछ: दीपक सिंह

मकवानपुर : राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार दीपक बहादुर सिंहले निर्वाचनको परिणाम राप्रपाको पक्षमा आउने बताएका छन्।

शुक्रवार हेटौंडा १५ र ९ नम्बर वडाको घर दैलो अभियान तथा कोणसभाका क्रममा उम्मेद्बार सिंहले राप्रपाले उठाएका विषयहरु जनताले बुझेको भन्दै निर्वाचनको परिणाम राप्रपाको पक्षमा आउने बताएका हुन्। राप्रपाले उठाएका विषयहरुलाई मुर्तरुप दिनका लागि जनताको साथ र समर्थन राप्रपाले पाइरहेको र आगामी निर्वाचनमा पनि पाउने बताए ।

राप्रपाले उठाएका विषयहरुलाई मुर्तरुप दिनका लागि जनताको साथ र समर्थन राप्रपाले पाइरहेको र आगामी निर्वाचनमा पनि पाउने बताए। निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन, नेकपा एमाले तर्फबाट फैलाइएका विभिन्न भ्रमहरु जनताले बुझिसकेको बताए । राप्रपाले उठाएका राजनीतिक स्थायीत्व, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीराष्ट्रिय हितको रक्षा, सुशासन, आर्थिक बिकास र समृद्धि लगायतका मुद्धाहरुलाई जनताले महशुस गरेको बताए । जनताले महशुस गरेका कुराहरूलाई राप्रपाले सरकार बनेपछि पूरा गरेर छाड्ने राप्रपाको सङ्कल्प रहेको स्पष्ट पारे ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan