Search
Close this search box.

कानून व्यवसायीसँग गठबन्धनका उम्मेदवारको छलफल

हेटौंडा- मकवानपुरका लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारले आइतबार कानूनव्यवसायीसँग निर्वाचनका सन्दर्भमा छलफल गरेका छन् ।

लोकतान्त्रिक, प्रगतिशिल, समावेशी तथा पेशागत कानून व्यवसायीहरुले मंसिर ४ मा हुने निर्वाचनमा आफ्नो तर्फबाट उम्मेदवारलाई पुर्याउन सकिने सहयोगका विषयमा छलफल भएको थियो । छलफल कार्यक्रममा मकवानपुर–१ प्रतिनिधि सभाकी उम्मेद्वार महालक्ष्मि उपाध्याय डिनाले मकवानपुरे जनताको विकासको आकांक्षा पुरा गर्न आफुले प्रत्यक्ष निर्वाचनमा होमीएको बताइन् । ‘मकवानपुरमा गर्नुपर्ने विकाससम्बन्धि कामको म सँग योजना छ ।’ उनले भनिन्–‘अबको पाँच बर्ष जनताकै बिचमा रहेर नमुना काम गर्ने लक्ष्य बोकेर हिंडेको छु ।’

मकवानपुर प्रदेशसभा १ (ख)का उम्मेदवार आनन्दराम पराजुलीले आफु हिंजो जनप्रतिनिधि नहुँदा पनि जनताका समस्यामा सधैं सँगै रहेकोले यसपटक जनताले सेवा गर्ने अवसर दिनेमा आफु ढुक्क रहेको बताए ।

कानून व्यवसायीहरुले मकवानपुरमा रहेका लोकतान्त्रिक बाम गठबन्धनका ६ जनै उम्मेदवारलाई विजयी गराउन सबैले सक्रिय भुमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रजातान्त्रिक कानून व्यवसायी संघ मकवानपुरका अध्यक्ष कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कानून व्यवसायीहरु बरिष्ठ अधिवक्ताहरु दिनेश त्रिपाठी, केशवप्रसाद काफ्ले, सुर्यचन्द्र न्यौपाने र एकराज वास्तोला तथा अधिवक्ताहरु केशव गौतम, ईश्वरराज ढकाल, अप्सरा बस्नेत, श्रद्धा ढुंगाना, रमा चौलागाई लगायतको उपस्थिति थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan