Search
Close this search box.

हजारौं मकवानपुरेका आत्मनिर्भरताको प्रेरक बानियाँ

हेटौंडा– नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँ सबैलाई गरिखाने बनाउन आफु राजनीतिमा आएको बताउने मात्रै हैन उनीहरुको जीवन गुजारा चलाउनको लागि क्षमता र योग्यताअनुसारको पेशा व्यवसाय र रोजगारीमा जोडिन प्रेरणा दिंदै सहयोग गर्दछन् । उनले आफ्नै उद्योग, कलकारखाना, निर्माण व्यवसाय तथा आफ्नै संघसंस्थामा गरी ५ हजार जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन् भने स्वरोजगारका लागि ऋणदेखि अनुदानसम्ममा सहजीकरण गरेका छन् ।

व्यवसाय गर्छु भन्नेलाई बानियाँले ऋण लिन मद्धत गरिदिने र आफ्नो जिम्मा जमानीमा बिना धितोको ऋण समेत निकालिदिने गरेका छन् । उनले युवा पुस्तालाई व्यवसाय गर्न प्रेरणा दिने र युवा व्यवायीहरुलाई व्यवसायिक सुरक्षाको प्रत्याभूति दिलाउने गरेका छन् । बानियाँले नेपाली कांग्रेसको ‘गरिखाने अभियान’ अन्तर्गत मकवानपुरको विकट राक्सिराङ, कैलाश, ईन्द्रसरोवरलगायत क्षेत्रका ५० परिवारलाई सहुलियत ब्याजमा बिना धितो ५ लाखसम्म ऋण उपलव्ध गराएका छन् ।

थप २०० परिवारलाई ऋणका लागि सहजिकरणको प्रक्रिया भइरहेको अभियानले जनाएको छ । रोजगारीका लागि विदेश पलायन हुन लागेका युवाहरुलाई स्वदेशमै केही गरुन् भन्ने उद्धेश्यले सो अभियान सञ्चालन गरिएको बानियाँले बताए । ऋण लिएकाहरुले घरेलु तथा साना उद्योग, व्यापार व्यवसाय, कृषि उद्यम, व्यूटीपार्लरलगायत क्षेत्रमा लगानी गरी आफुलाई स्वरोजगार बनाइरहेका छन् । बैदेशिक रोजगारीमा रहेर समस्यामा परेकाहरुलाई पनि बानियाँ उद्धार र पुर्नस्थापनाको काममा सहजिकरण गर्ने गर्दछन् ।

‘ईन्द्र बानियाँज्यूको सहयोग मकवानपुरवासीको लागि महत्वपूर्ण छ । उहाँकहाँ पुग्नेलाई उहाँले सहयोग गरेकै पाउँछु । कतै सिफारिस गरेर होस् या व्यक्तिगत रुपमा किन नहोस्, सहयोगको याचना गर्नेलाई उहाँले सहयोग गर्नुभएकै छ’–मकवानपुरगढी ४ का स्थानीय दुर्गाबहादुर खतिवडाले भने । मकवानपुरगढीकै राजकुमार गोले ईन्द्र बानियाँकै सहयोगमा स्थानीय एक सयभन्दा बढी परिवारको जीविकोपार्जन भएको बताउँछन् ।

‘ईन्द्र दाईले यहाँका १ सय भन्दा बढी परिवारका सदस्यलाई रोजगारीसँग जोड्नुभएको छ । व्यवसाय गर्न चाहानेलाई आवश्यक वातावरण मिलाइदिनुभएको छ । युवाहरुलाई राजनीतिक अभियानमा प्रयोग गर्ने नभई उनीहरुलाई रोजगारीमा जोडेर सबल र सक्षम बनाउनुपर्छ भन्नेमा उहाँको विशेष चासो देख्छु’ गोलेले भने ।

हेटौंडा ६ का राजकुमार बास्तोला बानियाँकै सहयोगमा हेटौंडाका सयौँ युवाहरु यातायात व्यवसायसँग जोडिएको बताउँछन् । ‘ईन्द्र दाईले सयौँलाई यातायात व्यवसायमा आवद्ध गराउनुभएको छ । हाम्रो क्षेत्रका केही भाईबहिनीहरुलाई रोजगारीमा आवद्ध गराउनुभएको छ । वडा नम्वर ६ मा पूर्वाधार विकासको लागि उहाँले गरेको सहयोगको विषयमा त मैले भनिरहनै पर्दैन सबैलाई जानकारी नै छ ।’ बास्तोलाले भने, ‘ईन्द्र दाई त हाम्रो आशा र भरोसाको केन्द्र हुनुहुन्छ ।’

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ बस्ने नबिता सापकोटा डेढ बर्षअघि ईन्द्र बानियाँको निजी कम्पनीमा जोडिएकी छन् । उनी मकवानपुर बहुमुखी क्याम्पसमा वाणिज्य विषय लिई स्नातक तह चौथो बर्षमा अध्ययनरत छन् । ‘एकदिन फेसबुक चलाउँदै गर्दा ईन्द्र दाईको भाषणको भिडियो आयो । त्यसमा उहाँले हरेक युवालाई शिक्षासँगै रोजगारीमा पनि जोड्नुपर्ने भनेको कुराले म निकै प्रभावित भएँ ।’ उनले भनिन् ‘पछि उहाँकै कर्मचारीमार्फत रोजगारी दिन आग्रह गरेँ । उहाँले मलाई जागिर दिनुभयो । जसले मलाई पढाई खर्चका साथै घर परिवारमा सहयोग पुगेको छ ।’

प्रमोद कुमार कार्की विगत ३ बर्षदेखि आफ्नो श्रीमती अन्जु गौतम र छोरीसँग आवासीय सुविधासहित हेटौंडाको एक उद्योगमा रोजगारी गर्छन् । अपांगता भएकी श्रीमति र आफु दुबै बानियाँकै कारण स्वरोजगारमा जोडिन पाएकोमा खुशी हुँदै उनले भने–‘उहाँले गर्दा मैले यो रोजगारी पाएको छु, आवासीय सुविधा पनि छ, यसले मलाई जीवन चलाउन निकै सहज भएको छ ।’ कार्कीले भने ।

बानियाँलाई चिन्नेहरु बानियाँसंग सहयोगका लागि पुगेकाहरुको समस्याको समाधान उनले जुनकुनै तरिकाबाट गरी पठाउने बताउँछन् । आफ्ना समस्या बानियाँ समक्ष राखेपछि रित्तै फर्कनुपर्दैन भन्ने मकवानपुर मात्रै नभई अन्यत्र पनि सर्वसाधारण चर्चा गर्छन् । उनै गर्छन पनि त्यस्तै, समस्यामा परेकालाई सहयोग गर्दा उनी कुनै दलगत चश्माले नहेरि समस्या समाधान गरिदिन्छन् । उनी अहिले मकवानपुर क्षेत्र नम्बर २ ९ख० मा नेपाली कांग्रेसबाट बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan