Search
Close this search box.

जितेको पहिलो बर्षभित्रै हातहातमा लालपुर्जा दिलाउँछौ: डिना

हेटौंडा–लोकतान्त्रिक बाम गठबन्धनतर्फका क्षेत्र नम्बर १ उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले जितेको पहिलो बर्षभित्रै हात–हातमा लालपुर्जा दिलाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । बागमती गाउँपालिकाको वडा नम्बर ६, ७ र ८ को संयुक्त चुनावी सभामा बोल्दै उपाध्यायले आफ्नो बिजयी पश्चात् पहिलो प्राथमिकतामा लालपुर्जा वितरणको काम रहने जिकिर गरिन् ।

उम्मेदवार उपाध्यायले यस क्षेत्रमा राष्ट्रिय गौरबका आयोजनाका काम ल्याउने पनि बताइन् । उनले आफु यहि जनताकै लागि आएको र जनताकैबीचमा रहेर काम गर्ने दाबी गरिन् । यस क्षेत्रमा अधुरा र अपुरा रहेका विकास निमार्णलाई समेत पूर्णता दिन आफ्नोतर्फबाट सक्दो प्रयास रहने उनको भनाई छ ।

उम्मेदवार उपाध्यायले देश र जनताको समृद्ध र विकास चाहने भनेकै गठबन्धन सरकारले रहेको बताइन् । उनले देशलाई नयाँ दिशामा पु¥याई आर्थिक समृद्ध हासिल गर्न गठबन्धनलाई जिताउनुपर्ने भनाइ राखिन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan