Search
Close this search box.

मकवानपुरमा ३ लाख जना मतदानमा सहभागी हुँदै

हेटौंडा– २ वटा संघीय र ४ वट प्रदेश निर्वाचन क्षेत्र रहेको मकवानपुरमा भोलि हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा ३ लाख जनाभन्दा बढी मतदाताले मतदानमा सहभागिता जनाउँदैछन् ।
निर्वाचन आयोगका अनुसार मकवानपुरमा ३ लाख ७ सय ३३ जना मतदाता रहेका छन् । मकवानपुर क्षेत्र नम्बर–१ मा कुल मतदाता १ लाख ५० हजार १ सय ५५ जना रहेका छन् । जस मध्यमा पुरुष मतदाता ७४ हजार ९ सय ३० जना रहेका छन् । यस क्षेत्रमा महिला मतदाता ७५ हजार २ सय २१ जना रहेका छन् । यस क्षेत्रमा अन्य ४ जना मतदाता रहेका छन् ।

यस क्षेत्रमा ६२ वटा मतदान स्थलमा १ सय ७२ वटा मतदान केन्द्र रहेका छन् । यस क्षेत्रमा १४ वटा राजनीतिक दलका १४ जना उम्मेदवार र २ जना स्वतन्त्र गरी कुल १६ जना उम्मेदवार रहेका छन् । जसमा १ जना महिला र १५ जना पुरुष उम्मेदवार रहेको जनाइएको छ । मकवानपुर क्षेत्र नम्बर– २ मा १ लाख ५० हजार ५ सय ७८ जना मतदाता रहेका छन् । जस मध्यमा पुरुष ७८ हजार ५ सय ९८ जना रहेका छन् । यस क्षेत्रमा महिला मतदाता ७१ हजार ९ सय ७९ जना र अन्य १ जना मतदाता छन् ।

यस क्षेत्रमा १ सय ५ वटा मतदान स्थलमा १ सय ९२ वटा मतदान केन्द्र रहेका छन् । यस क्षेत्रमा ९ वटा राजनीतिक दलका ९ जना उम्मेदवार रहेका छन् भने स्वतन्त्र १ जना गरी कुल १० जना उम्मेदवार बिचमा प्रतिस्पर्धा हुनेछ ।

मकवानपुर क्षेत्र नम्बर १ को (क) मा ७७ हजार ९ सय ८९ जना मतदाता रहेका छन् । जसमा पुरुष ४० हजार १ सय ११ जना छन् । महिला ३७ हजार ८ सय ७७ जना रहेका छन् । अन्यामा १ जना छन् । मकवानपुर क्षेत्र नम्बर–१ को (ख) मा ७२ हजार १ सय ६६ जना मतदाता छन् । जसमा पुरुष ३४ हजार ८ सय १९ जना छन् । महिला ३७ हजार ३ सय ४४ जना रहेका छन् । अन्यमा ३ जना छन् ।

मकवानपुर क्षेत्र नम्बर–२ को (क) मा कुल मतदाता ८३ हजार ९९ जना छन् । यस क्षेत्रमा पुरुष ४२ हजार ८ सय ४३ जना छन् । महिला ४० हजार २ सय ५५ जना छन् । अन्यमा १ जना छन् । क्षेत्र नम्बर–२ को (ख) मा कुल मतदाता ६७ हजार ४ सय ७९ जना रहेका छन् । यस मध्यमा पुरुष ३५ हजार ७ सय ५५ जना छन् । महिला ३१ हजार ७ सय २४ जना रहेका छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan