Search
Close this search box.

राक्सिराङ अध्यक्ष मल्लले गरे मतदान

हेटाैंडा-प्रतिनिधिसभा र प्रदेशसभा सांसद चयनकाे लागि भइरहेकाे निर्वाचनमा मकवानपुरकाे राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले मतदान गरेका छन् । राक्सिराङ- ९ स्थित बागेश्वरी निमाविकाे मतदान केन्द्रमा मल्लले मत दिएर मतदान कार्यक्रम सुरुवात गरिएकाे हाे ।

मकवानपुर क्षेत्र नम्बर २ मा पर्ने उक्त वडामा २ हजार ६१ जना मतदाता रहेका छन् । चेपाङ र तामाङकाे बाहुल्यता रहेकाे विकट गाउँका मतदातालाई सहज तरिकाले मतदानकाे व्यवस्था मिलाइएकाे जनाइएकाे छ । बागेश्वरी केन्द्रमा महिला, पुरुष र अपाङ्ग अशक्तहरुकाे लागि फरक फरक तीन लाइनकाे व्यवस्था गरिएकाे छ । ७ बजेबाट सुरु भएकाे मतदान बेलुका ५ बजेसम्म चल्नेछ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan