Search
Close this search box.

मनहरी ५ काे भाेजसिद्ध मतदान स्थलमा एक चाैथाई मत खस्याे

हेटाैंडा- मकवानपुरकाे मनहरी गाउँपालिका ५ स्थित भाेजसिद्ध मावि मतदान स्थलमा ५ घण्टाकाबीचमा जम्मा ७८० मात्र मत खसेकाे छ ।

कुल २ हजार ७ सय २५ जना मतदाता रहेकाे केन्द्रमा मध्यान्ह १२ बजेसम्म १ चाैथाई मात्र मत खसेकाे हाे । बिहान ७ बजेदेखि मतदान सुरु भएता पनि हालसम्म मतदाताकाे चाप बढ्न सकेकाे छैन । बिहान चिसाेकाे समय भएकाले दिउँसाे मात्रै मतदाताकाे चाप बढ्ने अनुमान गरिएकाे छ ।

भाेजसिद्ध मावि मतदान स्थलमा ३ वटा केन्द्र छन् । प्रत्यक केन्द्रमा महिला, पुरुष र अशक्तसहित ३-३ लाइन गरि ९ वटा लाइनकाे व्यवस्था गरिएकाे छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan