Search
Close this search box.

मकवानपुर १ (ख) मा राप्रपाको गुन्जनबहादुर ३७९ मतले अघि

हेटौंडा–मकवानपुर क्षेत्र नम्बर १ (ख) मा प्रदेशसभा सदस्यका लागि राप्रपाका गुन्जनबहादुर न्यौपानेले अग्रगता कायमै राखेका छन् । १६ हजार १ सय २८ मत गणना हुँदा गुन्जनबहादुरले ५ हजार ३५ मत प्राप्त गरेका छन् भने एमालेका एकालाल श्रेष्ठले ४ हजार ६ सय ५६ मत ल्याएका छन् । एकालालभन्दा न्यौपाने ३७९ मतले अघि छन् ।

गठबन्धनकातर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका आनन्दराम पराजुली तेस्रो स्थानमा छन् । उनको मत ४ हजार ३ सय ९० रहेको छ । हाम्रो नेपाली पार्टीका किशोर अर्यालले ६ सय १५ मत पाउँदा जनता समाजवादी पार्टीका दीपक सिन्तानले २ सय ८१ मत ल्याएका छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan