Search
Close this search box.

कमल थापासँग मतान्तर बढाउँदै कांग्रेसकी डीना

हेटौंडा– मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–१ मा लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीनाले एमालेको सूर्य चिन्हमा उठेका कमल थापासँग मतान्तर बढाउँदै लगेकी छन् ।

१५ हजार १४९ मत गणना सम्पन्न हुँदा डिनाले ६ हजार ९५२ मत पाएकी छन् भने कमल थापाले ४ हजार ८०४ मत पाएका छन् । हालसम्म डीनाले थापालाई २ हजार १४८ मतले पछि पारेकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपकबहादुर सिंहले १ हजार ८०९ मत पाएका छन् । हेटौंडा– २ स्थित सिद्धार्थ माविमा मतगणना जारी रहेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan