हेटौंडा–मकवानपुर क्षेत्र नम्बर २ को (ख) मा प्रदेशसभा सदस्यको लागि नेपाली कांग्रेसका ईन्द्रबहादुर बानियाँले अग्रता कायमै राखेका छन् । पछिल्लो पटक हेटौंडा ३ र १९ को गणना गरिएको थियो ।
उक्त गणना सकिँदासम्म कुल १७ हजार १ सय ३ गत गणना हुँदा एमालेका लालबहादुर थापाभन्दा बानियाँले १०९८ मतले अग्रता कायम राखेका छन् । बानियाँले हालसम्म ८ हजार १ सय २ मत प्राप्त गर्दा लालबहादुरले ७ हजार ४ मत पाएका छन् ।
मकवानपुर २ (ख) मा जम्मा ४० हजार २ सय ९० मत खसेको थियो । सोमबार दिउँसोदेखि मत गणना जारी छ ।
केही प्रतिक्रिया छ कि ?

