हेटौंडा–मकवानपुर क्षेत्र नम्बर १ (क) मा प्रदेशसभा सदस्यको लागि प्रतिष्पर्धा रोचक बनेको छ । लोकतान्त्रिक बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार कुमारी मोक्तान र एमालेका विष्णु ढकालबीच एक मतले अघि पछि भएका छन् ।
१७ हजार ०४८ मतगणना भएकोमा मोक्तानले ७ हजार ४५५ मत पाएकी छन् भने नेकपा एमालेका विष्णुप्रसाद ढकालले ७ हजार ४५६ मत पाएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका रामबहादुर घलेले १ हजार १३४ मत प्राप्त गरेका छन् भने ५७४ मत बदर भएको छ । मत गणना जारी छ ।
केही प्रतिक्रिया छ कि ?

