हेटाैंडा- मकवानपुर क्षेत्र नम्बर २ (ख) मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका ईन्द्रबहादुर बानियाँ र एमालेका लालबहादुर थापाबीच निकै कम मतान्तरमा प्रतिष्पर्धा भइरहेकाे छ ।
बुधबार बिहानसम्म २७१९१ मत गन्दा बानियाँले नेकपा एमालेका लालबहादुर थापालाई ९७३ मतले पछि पारेका छन् । बानियाँले १२६२६ मत प्राप्त गर्दा थापाले ११६५३ मत प्राप्त गरेका छन् । राप्रपाका बद्रीबहादुर खड्काले १२८४ मत पाएका छन्। हालसम्म ९६० मत बदर भएको छ ।

मकवानपुर २ (ख) ४० हजार २ सय ९० मत खसेको थियो । मतगणना निरन्तर चलिरहेकाे छ ।
केही प्रतिक्रिया छ कि ?

