हेटौंडा–मकवानपुर क्षेत्र नम्बर २ को (ख) मा प्रदेशसभा सदस्यको लागि नेपाली कांग्रेसका ईन्द्रबहादुर बानियाँले अग्रता केही बढाएका छन् । २९२९२ मत गणना सकिँदा नेकपा एमालेका लालबहादुर थापाभन्दा बानियाँ १३३८ मतले अग्रता लिएका छन् ।
बानियाँले १३६७९ मत प्राप्त गर्दा एमालेका थापाले १२३४१ मत प्राप्त गरेका छन् । राप्रपाका बद्रीबहादुर खड्काले १३७६ मत पाएका छन् । हालसम्म १०३८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मकवानपुर २ (ख) मा जम्मा ४० हजार २ सय ९० मत खसेको थियो । सोमबार दिउँसोदेखि मत गणना जारी छ ।

केही प्रतिक्रिया छ कि ?

