Search
Close this search box.

महेशले बनाए २२४५ मतको अग्रता

हेटौंडा– मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेशकुमार वर्तौलाले २२४५ को अग्रता बनाएका छन् ।

भर्खरै प्राप्त ३९४४१ मत गणनाको परिणामअनुसार महेश वर्तौलाले १५९०२ मत प्राप्त गर्दा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले १३६५७ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ५७७९ मत प्राप्त गर्दा राप्रपाका राजन मैनालीले १०५० मत बटुलेका छन् । हालसम्म १८७९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan