Search
Close this search box.

आँचलले गर्यो लैङ्गिक हिंसाविरुद्ध बहस

हेटौंडा– ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियानु भन्ने नाराका साथमा आँचल साहित्य कला पुञ्ज मकवानपुरले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बिहीबार ‘लैङ्गिक अधिकार, हाम्रो सरोकार’ विषयक बहस कार्यक्रम गरेको छ ।

आँचलकी अध्यक्ष भावना सापकोटाको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुइँटेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरकी प्रहरी निरीक्षक एवम् महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा शाखा प्रमुख चुडा कुमारी खड्का, अधिवक्ता अप्सरा बस्नेत, कवि शान्ति प्रियवन्दना, फ्रेन्ड्स हेटौंडाकी किरण थापा वक्ताका रुपमा रहेका थिए । संस्थाकी सदस्य रजनी पौडेलले कार्यक्रमको सहजीकरण गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख चुडा कुमारी खड्काले प्रहरी चौवीसै घण्टा जनताको सेवामा खटिरहने भएकाले जनताले प्रहरी प्रशासनसँग धेरै आशा राख्ने गरेको बताइन् । जन चाहना अनुसार प्रहरीले काम नगरेको भन्ने गुनासा पनि आउने गरेको भन्दै उनले विधि र प्रक्रियामा आएका मुद्धाहरुको मेलमिलाप वा अदालत पठाउने काम गरिने बताइन् ।

ुफ्रेण्ड्स् हेटौंडाकी कार्यक्रम संयोजक किरण थापाले पहिचान लिङ्गले नभइ आफूमा भएको क्षमताबाट हुनुपर्ने भन्दै तेस्रो लिङ्गी भएकै कारण समाजमा आफूहरूलाई हेरिने दृष्टिकोण बदलिनुपर्ने बताइन् । मानिस भएर जन्मिए पछि अन्य नागरिक सरह यौनिक तथा लैङ्गिक अल्प सङ्ख्यकहरूले नागरिकता पाउनु पर्ने पनि उनले जोड दिइन् । अधिवक्ता अप्सरा बस्नेतले न्याय प्राप्त गर्नका लागि कानुनी बाटो अपनाउनुपर्नेमा जोड दिइन् । कवि शान्ति प्रियवन्दनाले लेखनमा लैङ्गिक विभेदको विषयलाई सङ्ख्यात्मक र गुणात्मक रुपमा थप उठाउनु धारणा राखिन् ।

कार्यक्रम संयोजक निर्मला व्लोनले कार्यक्रममा सहभागीलाई स्वागत गरेकी थिइन् । कार्यक्रममा मकवानपुरका साहित्यिक तथा सामाजिक संघ संस्थाका प्रतिनिधि तथा सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan