Search
Close this search box.

शिक्षक हित साकोसको तेह्रौँ अधिवेशन

हेटाैंडा- शिक्षक हित  बचत तथा ऋण सहकारी संस्था को १३ औं अधिवेशन शनिबार हेटाैंडामा भएको छ ।

संस्थाका अध्यक्ष सिताराम दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा सहकारी विकास बोर्ड बागमती प्रदेशका उपाध्यक्ष नारायण देवकोटाको  प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य लक्ष्मी गजुरेलको विशेष आतिथ्यता रहेको थियो ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका निवर्तमान राष्ट्रिय समिति सदस्य पद्मा पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व केन्द्रीय सदस्य चेतनाथ खतिवडा, जिल्ला बचत तथा ऋण सहकारी सङ्घका विजय बहादुर बस्नेत, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर जिल्ला अध्यक्ष श्रीराम दाहाल, राष्ट्रिय परीक्षा बोर्डका प्रमुख कृष्णप्रसाद घिमिरे, जिल्ला समन्वय समिति सदस्य खड्गबहादुर पुलामी, राष्ट्र सेवक सहकारी संस्थाका अध्यक्ष याठवेन्द्र पौडेल लगायतको आतिथ्यता रहेको थियाे । कार्यक्रममा साकोसका अध्यक्ष, सचिव, कोषाध्यक्ष, ऋण उप समिति, लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत भएको थियो र छलफलबाट अनुमोदन भएको थियो । अधिवेशन कार्यक्रममा उत्कृष्ट बचतकर्ता सम्मान दुर्गा हुमागाईं, असल ऋणी सम्मान विश्व  राई, उत्कृष्ट बालबचत सम्मान आभास पुडासैनीलाई प्रदान गरिएको थियो ।

यसैगरी एसइइ तथा  कक्षा १२ को नतिजामा उत्कृष्ट नतिजा हासिल गर्ने शेयर सदस्य का छोराछोरीलाई समेत सम्मान गरिएको थियो जसमा  स्माइल खतिवडा, प्रसिद्धिका लम्साल, दिपीका न्यौपाने र सिद्धान्तराज पोख्रेल सम्मानित भएका थिए । ज्येष्ठ शेयर सदस्य सम्मानद्वारा भने ६३ वर्षीय आशा थापा र ६६ वर्षीय केशव बहादुर श्रेष्ठलाई सम्मानित गरिएको थियो ।

साकोस अध्यक्ष दहालले प्रस्तुत गरेको प्रतिवेदन अनुसार संस्थाको कारोबार कुल वासलात दुई करोड पैतालिस लाख चौसठ्ठी हजार नौ सय पन्ध्र रुपैयाँ बाउन्न पैसा रहेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan