Search
Close this search box.

ईन्द्रसरोबरकी सरस्वतीको हत्या अभियोगमा छिमेकी रोज वाइबा पक्राउ

हेटौंडा–गत मंसिर २४ गते हत्या गरी पुरिएको अवस्थामा फेला परेकी ईन्द्रसरोबर गाउँपालिका ३ ज्यामिरेकी ३५ वर्षीय सरस्वती वाइबाको हत्या अभियुक्त सार्वजनिक गरिएको छ । सरस्वतीको कुटपिट गरी हत्या गरेको अभियोगमा ईन्द्रसरोबर ३ सिस्नेरीका ३३ वर्षीय रोज वाइबालाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

गत मंसिर २३ गतेदेखि सरस्वती परिवारबाट सम्पर्कबिहीन भएकी थिइन् । उनका पति बीरबहादुर वाइबाले पत्नीको खोजी गरिदिन आग्रह गर्दै प्रहरीमा निवेदन दिएका थिए । निवेदनपछि खोजतलास गर्ने क्रममा मंसिर २४ गते बेलुका सिस्नेरी ज्यामिरेस्थित रोज वाइबाको बारीमा अनुहार र कपडाको केही भाग देखिनेगरी खाल्डोमा पुरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । घटनाको अनुसन्धान गर्न प्रहरीले तालिम प्राप्त कुकुरसहित प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको नेतृत्वमा टोली खटाएको थियो ।

घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरी सोधखोज गर्दा वाइबाले आफूले हत्या गरेको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । पहिलेको रिसिइबीका कारण कुटपिट गरी सरस्वतीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हत्या भएकी सरस्वतीको पोष्टमार्टमका लागि पठाइएको र रिपोर्ट प्राप्त भइनसकेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

अपराध पुष्टी भएमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिम वाइबालाई जन्मकैदसम्मको फैसला हुनसक्छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan