Search
Close this search box.

गर्भवती भेट्न नकौली पुगिन् नगर प्रमुख लामा

हेटौंडा– स्वास्थ्य चौकीमा नियमित स्वास्थ्य जाँच गरिरहेका हेटौंडा–१ नकौलीका गर्भवती महिलाहरुलाई भेट्नका लागि हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामा गाउँसम्म पुगेकी छन् ।

तिन बर्षदेखि संघीय सरकारबाट प्राप्त ‘पोषण सम्वेदनशील कार्यक्रम’ को कोशेली बोकेर नगरप्रमुख लामा गाउँ पुगेकी हुन् । गाउँमा रहेर गर्भवती अवस्थामा अपनाउनु पर्ने सुरक्षा र खानपर्ने पोषणयुक्त खानाको बारेमा जानकारी दिने उद्देश्य सहित उनि नकौली गएकी हुन् । नकौली स्वास्थ्य चौकीमा पुगेर नियमित गर्भ जाँचमा रहेका १३ जना गर्भवतीलाई भेट्दै नगर प्रमुख लामाले गर्भवती अवस्थामा ख्याल गर्नुपर्ने कुराको बारेमा जानकारी दिर्दै आफु र आफ्नो बच्चाको ख्याल गर्न आग्रह गरिन् ।

उनले गाउँमा भेट भएका गर्भवतीलाई पोषयुक्त खानेकुरा घ्यू, काँचो बदाम, मण्डा, दाल सहित न्यानो कपडा हस्तान्तरण गरिन् । सामग्री हस्तान्तर गर्दै नगर प्रमुख लामाले आफुले भोगेका अनुभब साट्दै सबैलाई सचेत रहँदै नियमित स्वास्थ्य जाँच गर्दै आफु र आफ्नो बच्चाको सुरक्षाको लागि स्वास्थ्य सस्थामै पुगेर बच्च जन्माउन सबैलाई आग्रह गरीन् । उनले बच्चा गर्भमा रहेकै भरमा आफुलाई हिनताबोध नगरी हिम्मतका साथ काम गर्न सुझाब दिँदै गाउँमा रहँदा परेका समस्याका बारेमा जानकारी दिए आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।

सुत्केरी भएपछि आयमुलक काममा जोडिएर दैनिक वा मासिक आम्दानीको श्रोत पहिचान गर्न उपमहानगरपालिका सहयोगी बन्ने बताइन् । नकौलीमा नियमित स्वास्थ्य संस्था सञ्चालनको लागि आवश्यक पुर्वाधार निर्माणमा उपमहानगर लागिरहेको उनले बताइन् । खानेपानीको अभावका कारण महिनामा एक पटक मात्र सेवा दिँदै आएको चौकीबाट नियमित सेवा प्रदान गर्नका लागि चाँडै काम सुरु गर्ने जानकारी दिइन् । सामान्य समस्या लिएर समय खर्च गर्दै बजारसम्म जानुपर्ने बाध्यतालाई हटाउनका लागि पुर्वाधार सम्पन्न स्वास्थ्य चौकी चाँडै सञ्चालन हुने उनले बताइन् ।

उपमहानगर भएर पनि सडक सुविधाबाट समस्यामा रहेका नकौलीका जनतालाई सहज सडक सञ्जालसँग जोड्नका लागि केन्द्र सरकारले ९७ लाख रुपियाँ बजेट दिएको भन्दै अब चाडै सडकको काम हुने बताइन् । सामग्री हस्तान्तरण कार्यक्रममा हेटौंडा– १ का वडा अध्यक्ष सविन न्यौपाने, कार्यपालिका सदस्य इश्वरी रसाईलि, हेटौंडा–१ का वडा सदस्य मनु दाहाल, उपमहानगरपालिका जन स्वास्थ्य अधिकृत भोला चौलागाईको उपस्थिति रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan