Search
Close this search box.

हेटाैंडामा कांग्रेस प्रदेशसभा सदस्यहरुकाे स्वागत

हेटाैंडा- नेपाली कांग्रेसबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित प्रत्यक्ष तथा समानुपातिक सांसदहरुलाई हेटाैंडामा स्वागत तथा सम्मान गरिएकाे छ ।

नेपाली कांग्रेस बागमती प्रदेश समिति र मकवानपुर जिल्ला पार्टीले मंगलबार छुट्टाछुट्टै कार्यक्रमकाे आयाेजना गरी बधाई, स्वागत तथा सम्मान कार्यक्रम गरिएकाे हाे । जिल्ला पार्टी कार्यालयमा भएकाे कार्यक्रममा जिल्ला सभापति बुद्ध लामाले खादा, अबिर र माला लगाएर प्रदेशसभा सदस्यहरुकाे स्वागत गरेका थिए ।

हेटाैंडा रिसाेर्टमा भएकाे अर्काे कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश समितिले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुकाे स्वागत गरेकाे  हाे । पार्टी बागमती प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले प्रदेशसभा सदस्यलाई खादा, माला लगाएर बधाई ज्ञापन गरेका थिए । पार्टी प्रदेश उपसभापति चन्द्र महर्जनले पार्टी सभापतिसमेत रहेका नवनिर्वाचित प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँलाई खादा माला लगाएर बधाई ज्ञापन गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश पदाधिकारी, सदस्य, प्रदेश मन्त्री तथा राज्यमन्त्रीहरुकाे सहभागिता रहेकाे थियाे ।

नेपाली कांग्रेसबाट बागमती प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरी ३७ जना प्रदेशसभा सदस्य रहेका छन् । भाेलि हेटाैंडामा कांग्रेस संसदीय दलकाे निर्वाचनसमेत हुँदैछ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan