Search
Close this search box.

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा लामा विजयी

हेटौंडा– नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन् ।

बुधबार भएको निर्वाचनबाट अर्का प्रतिष्पर्धी नेता ईन्द्रबहादुर बानियाँलाई पराजित गर्दै लामा संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । कांग्रेसबाट ३७ जना प्रदेशसभा सदस्य रहेकोमा लामाले २१ मत पाए भने बानियाँले १६ मत पाए । लामा कांग्रेस केन्द्रीय सदस्य हुन् भने बानियाँ कांग्रेस बागमती प्रदेश सभापति हुन् । बानियाँ यसअघि कांग्रेस बागमती प्रदेश संस्दीय दलका नेता थिए ।

दुई नेताबीच सहमतिको प्रयास असफल भएपछि मतदान गरिएको थियो । दलको नेतामा निर्वाचित लामा र पराजित भएका बानियाँ दुवै संस्थापन समूहकै हुन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan