Search
Close this search box.

राक्सिराङका २०१ घर विपन्न चेपाङलाई कम्बल सहयाेग

हेटाैंडा- मकवानपुरकाे राक्सिराङ गाउँपालिका ९ का २ सय १ विपन्न चेपाङ परिवारलाई आइतबार कम्बल वितरण गरिएकाे छ ।  जाडाे माैसममा ओढ्नेकाे अभावमा चिसाेमा रात काट्न बाध्य चेपाङ समुदायलाई राहत हाेस् भनी सञ्जय साई सेवा अर्गनाइजेशन काठमाडाैंले प्रति परिवार एउटा कम्बल सहयाेग गरेकाे हाे ।

सञ्जय साई बाबाकाे ३५ ओैं दिव्य अवतार महाेत्सवकाे अवसरमा राक्सिराङ गाउँपालिकासँगकाे समन्वयमा अर्गनाइजेशनले विपन्न चेपाङलाई कम्बल सहयाेग गरेकाे हाे । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, राक्सिराङ ९ का वडाध्यक्ष रामकुमार वाल्पासहित अर्गनाइजेशनका केशव अधिकारी, सीताराम रिमाल, रिता अधिकारीलगायतले परिवारलाई कम्बल वितरण गरेका थिए ।

जाडाेमा ओढ्ने कपडा नहुँदा कष्टकर जीवन बिताउन बाध्य विपन्न चेपाङ तथा तामाङ परिवारलाई विभिन्न संघसंस्थाकाे सहयाेगमा कम्मल तथा न्यानाे कपडा वितरण गरिने गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । अर्गनाइजेशनकाे सहयाेगले गाउँबासीले राहत पाएकाे भन्दै अध्यक्ष मल्लले धन्यवादसमेत ज्ञापन गरे ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan