Search
Close this search box.

सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घट्यो

पछिल्लो केही दिन यता निरन्तर उकालो लागेको सुनको भाउ आज शुक्रबार भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घटेको हो ।

बिहीबार छापावाल सुनको भाउ एक लाख तीन हजार एक सय रुपैयाँ र तेजावी सुनको भाउ एक लाख दुई हजार ६ सय रुपैयाँ रहेको थियो । आज भने घटेर छापावाल सुन एक लाख दुई हजार तीन सय रुपैयाँ र तेजावी सुन एक लाख एक हजार ८०० रुपैयाँमा झरेको छ । 

यता, चाँदीको भाउमा भने आज पनि गिरावट आएको महासङ्घले जनाएको छ । बिहीबार घटेर प्रतितोला एक हजार ८५ रुपैयाँमा कारोबार चाँदी शुक्रबार पुनः घटेर एक हजार ३६५ रुपैयाँमा झरेको हो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan