Search
Close this search box.

प्रभु र सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २६ गतेदेखि सुरू

प्रभु बैंक र सेञ्चुरी बैंकको पुस २६ गतेदेखि एकीकृत कारोबार सुरू हुने भएको छ।

प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गरेपछि प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरू हुन लागेको हो। 

दुबै बैंकको पुस १४ गते बसेको छुट्टाछुट्टै वार्षिक साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका हुन्।

सेन्चुरी बैंकलाई प्राप्ति गर्न प्रभु बैंकलाई नेपाल राष्ट्र बैंकले पुस १९ गते अन्तिम स्वीकृति दिएको हो।

नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएसँगै दुबै बैंकले एकीकृत कारोबार सुरू गर्न लागेका हुन्।

प्राप्तिपछि बैंकको रजिष्टर्ड कार्यालय हाल प्रभु बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान काठमाडौं जिल्ला वडा नं ११ बबरमहलमा हुने कम्पनीले जानकारी दिएको छ। 

प्रभु बैंकले सेन्चुरी बैंकलाई १:१ को सेयर स्वाप रेसियोमा प्राप्ति गरेको हो।

यसर्थ सेञ्चरी बैंकको १०० कित्ता सेयर हुने सेयरधनीहरूले प्रभु बैंकको पनि १०० कित्ता नै सेयर पाउनेछन्।

प्रभु बैंकको १०० कित्ता बराबर सेञ्चुरी बैंकको १०० कित्ता नै हुने अनुपातमा मर्जर भएको हो।

हाल प्रभु बैंकको चुक्ता पुँजी १३ अर्ब ५३ करोड र सेञ्चरी बैंकको १० अर्ब रूपैयाँ छ। 

प्राप्तिपछि बन्ने बैंकको चुक्तापुँजी २३ अर्ब रुपैयाँको हाराहारीमा पुग्नेछ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan