Search
Close this search box.

चलचित्र पत्रकार संघ अध्यक्षमा खड्का

हेटाैंडा- चलचित्र पत्रकार संघ नेपाल मकवानपुरकाे अध्यक्षमा कपिल खड्का चयन भएका छन् । शाखाको साेमबार भएकाे चौथो अधिबेशन तथा १३ औं साधारणसभाबाट खड्काकाे अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएकाे हाे ।

समितिको उपाध्यक्षमा श्रीराम अर्जुन दाहाल, सचिवमा रबिन्द्र गौतम,कोषाध्यक्षमा मनोज देवकोटा र सहसचिवमा दिपेश दाहाल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सन्नु रिजाल, दर्शन क्षेत्री, प्रवेश धिताल (कुन्दन) र मञ्जु मैनाली सर्वसम्मत चयन भएको गरिएको छ ।

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे । कार्यक्रममा बाेल्दै राज्यमन्त्री प्रजाले पत्रकार र पत्रकारिता क्षेत्रकाे विकासमा प्रदेश सरकारले प्रयाप्त काम गरेकाे बताए ।

संघका कार्यवाहक अध्यक्ष कपिल खड्काको सभाअध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, चलचित्र संघका उपाध्यक्ष कुबेर शर्मा,चलचित्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष कुमार अधिकारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ केन्द्रीय सदस्य सुनिल खड्का, मकवानपुरका अध्यक्ष मणिराज गौतम र संघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाईं,कलाकार अमिर गौतम  लगायतको उपस्थिति रहेकाे थियाे ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan