Search
Close this search box.

सुनको मुल्य प्रतितोला ४०० रुपैयाँले घट्यो

मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सोमबार बढेर कारोबार भएको सुनचाँदीको मूल्यमा मंगलबार भने गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँ घटेर प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँ कायम भएको हो । यसैगरी यसअघि प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँ रहेको तेजावी सुन आज एक लाख तीन हजार रुपैयाँमा झरेको छ । 

यता, चाँदीको भाउमा पनि गिरावट आएको महासंघले जनाएको छ । यसअघि प्रतितोला एक हजार ३९० रुपैयाँ रहेको चाँदी आज मंगलबार भने एक हजार ३६५ रुपैयाँ रहेको छ । 

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan