Search
Close this search box.

सुनको मूल्य प्रतितोला २०० ले बढ्यो

नेपाली बजारमा बिहीबार सुन मूल्य सामान्य बढेको छ। चाँदीको मूल्य भने केही कम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। 

महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ। यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, तेजाबी सुन तोलामा १ लाख १ लाख २ हजार ९०० रुपैयाँमा कारोबार भएको छ। चाँदी बुधबारको तुलनामा तोलामा ५ रुपैयाँ घटेर १ हजार ३६० मा कारोबार भएको छ। बुधबार चाँदी प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan