Search
Close this search box.

चैनपुर जेसीजले दियो पार्लियामेन्ट्री मिटिङ प्रोसेड्योर तालिम

हेटौंडा– मकवानपुरको साविक मनहरी गाविस र राक्सिराङलाई कार्य क्षेत्र बनाएर गठित प्रस्तावित चैनपुर जेसीजले पार्लियामेन्ट्री मिटिङ प्रोसेड्यार तालिम सम्पन्न गरेको छ । आफ्ना सदस्यका लागि जेसीजले शनिबार एक दिने तालिमको आयोजना गरेको संस्थाका अध्यक्ष गणेश दर्पण अधिकारीले जानकारी दिए ।

कार्यक्रम संयोजक सुरेश गौतमको संयोजकत्व एवम् जेसीजका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीज बर्ष सन् २०२३ का उपाध्यक्ष एवम् बसामाडी जेसीजका पूर्व अध्यक्ष सरोज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि अधिकारीले नयाँ शाखालाई साथमै लिएर नेतृत्व तथा व्यक्तित्व विकासको कार्यक्रममा सहभागी गराइने प्रतिबद्धता जनाए । तालिममा नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष एवम् जेसीआई हेटौंडाका पूर्व अध्यक्ष अरुणकुमार दाहालले सहजीकरण गरेका थिए ।

तालिमको उद्घाटनमा नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष अञ्जनीकुमार पराजुली, नेपाल जेसीजका पूर्व उपाध्यक्ष दीपेन्द्रकुमार बर्तौला, जेसीआई हेटौंडाका पूर्व अध्यक्षद्वय काव्यमणि अधिकारी र कविन सांगामी, बस्तीपुर जेसीजका पूर्व अध्यक्षद्वय सुनिल अधिकारी र जयराम सुवेदी, सल्लाहकार ज्योतिराज लुईंटेल, विदुर थापा लगायतको आतिथ्यता थियो । अध्यक्ष अधिकारीले नयाँ स्थानमा जेसीजको शाखा सुरु गरिएको जानकारी दिँदै सबै युवाहरुलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए । जेसीजले नेतृत्व र व्यक्तित्व विकासका साथै सामाजिक सेवामा क्रियाशील हुने अध्यक्ष अधिकारीले बताए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan