Search
Close this search box.

हेटाैंडा महाेत्सवमा अशाेक दर्जी र टंक बुढाथाेकीकाे प्रस्तुति रहने

हेटौंडा-हेटाैंडाकाे टिसिएन चाैरमा जारी ओेैद्याेगिक व्यापार महाेत्सवमा आज सोमबार  बाल गायक अशोक दर्जी र संगीतकार तथा गायक टंक बुढाथोकीले सांगीतिक प्रस्तुति दिने भएका छन् । उनीहरुक साथै गायिका मञ्जु पौडेल, कलाकार सुलेमान शंकर (ईकु) र बेली डान्सर अस्मिता पुरीको जोडदार प्रस्तुती रहनेछ।

मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा भइरहेकाे महोत्सवमा आइतबार गायक रमेशराज भट्टराई, स्याण्डअप कमेडियन सीता न्यौपाने र गायिका सहिमा श्रेष्ठले आफ्नो प्रस्तुति दिएका थिए । 

भोली मंगलबार महोत्सवमा अस्मिता अधिकारी, खेम सेन्चुरी, कमेडियन प्रभात लामाको प्रस्तुती रहनेछ । साथै महोत्सवमा  हरेक दिन मकवानपुरका स्थानीय कलाकारहरुको समेत आफ्नो कला प्रस्तुती रहनेछन् । महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र  हेटौंडा डान्सिङ स्टार प्रतियोगितामा पनि दैनिक भइरहेको छ ।  

११ गतेबाट सुरु भएको महोत्सव माघ २३ गते सम्म सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न किसिमका वस्तु विक्री तथा प्रदर्शन,बाल उद्यान, साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार, निशुल्क स्वास्थ्य शिविरहरु महोत्सवमा रहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan