Search
Close this search box.

हेटौंडा आइडलको फाइनलमा पाँच जना

हेटौंडा–हेटौंडा १० टिसिएसन चौरमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगितामा पाँच जना प्रतिस्पर्धी ग्राण्ड फाइनलमा प्रवेश गरेका छन् । शनिबार ६ जना प्रतिस्पर्धीले आफ्नो गायन प्रस्तुत गरेका थिए । शनिबार भएको प्रस्तुतीबाट आइतबार राजेश दर्नालले आइडलको मञ्च छाडेका छन् । निर्णायकको मुल्याकंन, टिकट र एसएमएसबाट प्राप्त भएको भोटिङको आधारमा उनी मञ्चबाट बाहिरिएका हुन् ।

आइतबार ग्राण्ड फाइनलमा अनिता मोक्तान (१), प्रेमलाल बैठा (२), सुस्मिता श्रेष्ठ (४), दीपेश श्रेष्ठ (५) र सुसन शाही ठकुरी(८) ले आफ्नो प्रस्तुती दिएका छन् । उनीहरुलाई टिकटको अर्धकट्टी र एसएमएसबाट भोटिङ गर्न समय खुला भइसकेको हेटौंडा आइडल व्यवस्थापन समितिका संयोजक एंव मउवा संघका कार्यसमिति सदस्य अंकिता सुमार्गीले बताइन् ।

भोटिङ गर्न हेटौंडा आइडलको सर्टफर्म एचआई स्पेस प्रतिस्पर्धी नम्बर टाइप गरि ३१००३ मा एसएमएस गरि मनपरेको प्रतिस्पर्धीलाई भोट गर्न सकिने निर्णायक कार्कीले बताएका छन् । टिकट अर्धकट्टीबाट भोटिङ गर्न आज साँझ ६ बजे सम्म भोटिङ बक्समा भोट खसाल्नु पर्ने जनाइएको छ, भने एसएमएसबाट भने भोलि सोमबार विहान ११ बजे सम्म भोटिङ गर्न सकिने निर्णायक विजय कार्कीले बताएका छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan