Search
Close this search box.

सकियो हेटौंडा महोत्सव, १० करोडको कारोबार

हेटाैंडा- हेटाैंडामा १३ दिनसम्म चलेकाे राष्ट्रिय ओैद्याेगिक व्यापार महाेत्सव सकिएकाे छ । हेटाैंडाकाे टिसिएन चाैरमा भएकाे महाेत्सवमा करिब १० कराेड रुपैयाँकाे काराेबार भएकाे आयाेजक मकवानपुर उद्याेग वाणिज्य संघले जनाएकाे छ ।

संघका कोषाध्यक्ष सन्तोष कुमार अर्यालका अनुसार महोत्सव अवधिभर करिब एक लाख दर्शकले अवलोकन गरेको दावी गरे । महोत्सवको अन्तिम दिन साेमबार पनि दर्शककाे घुईचोँ लागेको थियो । अन्तिम दिन भएकाले सामान खरिद गर्नेहरुको भीड रहेको थियो । सोमबार करिब १० हजार भन्दा बढी दर्शकहरुले महोत्सवको अवलोकन गरेको अनुमान रहेको कोेषाध्यक्ष अर्यालले बताए ।  

महोत्सवका संयोजक एंव संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षता तथा बागमती प्रदेश सभामा सभामुख भुवन कुमार पाठकको प्रमुख आतिथ्यतामा महोत्सवको समापन गरिएको थियो । समापन कार्यक्रममा  नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, संघका पूर्व अध्यक्ष केशव श्रेष्ठ, भुवनलाल श्रेष्ठ, उत्तम शर्मा ढकाल, निर्वतमान अध्यक्ष कृष्ण कटुवाल, मकवानपुरका विभिन्न गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलगायतले मन्तव्य राखेका थिए ।

महोत्सवमा हेटौंडा आइडल, डान्सिङ स्टार प्रतियाेगिताका साथै दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारमार्फत मनाेरञ्जन दिलाइएकाे थियाे । महाेत्सवमा कुल ३ सय ३७ वटा स्टल राखिएकाे थियाे । स्टलहरुमा जुम्लाको मार्सी चामल, केराको परिकार, मकवानपुरगढीको रैथाने बाली कोदोको पिठो बाट कोदोको विष्कुट, निमकिन, पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड, हिमाली भीरमौरीको मह, भोजपुरे खुकुरी, प्राचीन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, आइसगोला र मकवानपुरे आइसक्रिम, ल्यापटप एवम् मोवाइलको फ्रि सर्भिससिङ, मोडुलर किचेन, टाटा, सिजीका विभिन्न किसिमका इलेक्ट्रिक गाडीहरु, बालबालिकाको लागि फन पार्क, स्थानीय एवम् राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति, डाक्टरहरुबाट निःशुल्क स्वास्थ्य शिविर, क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरुसमेत खरिद बिक्री भएकोे संघका महासचिव दीपक उप्रेतीले बताए ।  
महाेत्सवकाे अन्तिम दिन सोमबार युवा पुस्तामा चर्चित गायिका रचना रिमालले आफ्नो सांगीतिक प्रस्तुति दिएकी थिइन् । उनले फोटो फिरेममा…, उनको प्रिती पहिले होकी मेरो प्रिती पहिले…, सम्झिनी पानी छम्किनी…लगायतका चर्चित गीतहरु प्रस्तुत गरेकी थिइन् । त्यस्तै गायक तथा संगीतकार चेतन सापकोटाले पनि आफ्नो सांगीतिक प्रस्तुती दिएका थिए ।  

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan