Search
Close this search box.

नेप्सेमा भारी अंकको गिरावट

आइतबार शेयर कारोबार नराम्रोसँग तल झरेको छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको असर साताको पहिलो दिन नेप्से उच्च अंकले घटेको छ।

आज नेप्से ६० दशमलव ८८ अंकले घटेर दुई हजार एक सय २१ दशमलव ७५ विन्दुमा झरेर बन्द भएको हो।

मौद्रिक नीतिको समीक्षामा शेयर बजारबारे राष्ट्र बैंकको मौनताले पुँजी बजारका लगानीकर्ता निराश बन्न पुगेको हो

आज शेयर बजारमा उच्च अंकको गिरावट आए पनि कारोबार रकम भने तीन अर्ब रुपैयाँभन्दा बढी भएको छ ।

आज तीन अर्ब चार करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २०७ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ८ वटा कम्पनीको शेयरमूल्य बढेको छ । 

आजको कारोबारमा सबैभन्दा बढी शेयरमूल्य बढेको कम्पनी खप्तड लघुवित्त वित्तीय संस्था रह्यो यस कम्पनीको शेयरमूल्य आज ४ दशमलव ४८ प्रतिशतले बढेर प्रतिकित्ता १३७५ रुपैयाँ पुगेको छ ।

आइतबार ६ कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट हुँदा हिमालयन डिष्ट्रिलरीको सर्वाधिक कारोबार गर्न सफल भयो। कम्पनीको आज १४ करोड ३७ लाख रुपैयाँ कित्ता शेयर कारोबार भएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan