Search
Close this search box.

सुनचाँदीको मूल्य घट्यो

साताको चौथो दिन पनि सुनचाँदीको मूल्य घटेको छ।

मंगलबार घटेको सुनको मूल्य बुधबार पनि घटेको हो। सुनमा प्रतितोला २ सय रुपैयाँ घट्दा चाँदीमा भने तोलामा ५ रुपैयाँ कमी आएको छ।

बुधबार छापावाल सुन तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँ कायम हुँदा तेजाबी सुनको मूल्य तोलको १ लाख ३ हजार १ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य भने बुधबार पाँच रुपैयाँले घटेको छ। यसदिन चाँदी १ हजार २९० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंगलबार छापावाल सुन १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार हुँदा चाँदी १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan