Search
Close this search box.

जंगली जनावरकाे आक्रमणबाट मृत्यु भएका परिवारकाे लागि प्रदेशबाट क्षतिपूर्तिकाे व्यवस्था गर्ने प्रतिवद्धता

हेटौंडा- नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले जंगली जनावरकाे आक्रमणमा परि मृत्यु भएका परिवारकाे लागि प्रदेश सरकारबाट क्षतिपूर्तिकाे व्यवस्था गर्न आफूले पहल गर्ने बताएका छन् ।

गएकाे माघ ८ गते हात्तीको आक्रमणमा परी निधन भएका मनहरी-४ तल्लाे मसिनेकी राधादेवी अधिकारीकाे परिवारसँगकाे भेटमा उनले जनावरकाे आक्रमणमा परी मृत्युु भएका परिवारलाई  प्रदेश सरकारकाे तर्फबाट राहत उपलब्ध गराउन मुख्यमन्त्री शाालिकराम जमकट्टेललाई अनुराेध गरिसकेकाे बताए । उनले प्रदेश सरकारले निर्णय गरेर पीडित परिवारलाई कम्तिमा १ लाख रुपैयाँ राहत उपलब्ध गराउनुपर्ने बताए । साथै स्थानीय सरकारले समेत किरिया खर्चकाे व्यवस्था गर्नुपर्ने उनकाे भनाई छ ।

जंगली जनावरकाे आक्रमणबाट मृत्यु भएकाे परिवारलाई संघीय सरकारले उपलब्ध गराउने १० लाख रुपैंया राहत थाेरै भएकाे उहरनकाे भनाई छ । प्रदेश सरकारले केही राहत रकम उपलब्ध गराएमा पीडित परिवारलाई सहज हुने उनले बताए ।
आरक्ष तथा निकुञ्ज क्षेत्र विस्तार हुँदै जाँदा जनावर र मानव द्वन्द्ध बढ्दै गएकाे नेता बानियाँकाे भनाई छ । घाँस, दाउरा, खेतीपातीकाे काममा महिलाकाे संलग्नता बढी रहेकाे कारण जनावरकाे बढी जाेखिममा महिलाहरू रहेकाे उनले बताए ।

पीडित परिवार भेट्न मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, नेपाली कांग्रेस मनहरी गाउँपालिकाका सभापति प्रकाश बर्ताैला, कांग्रेस नेताहरु शंकर न्याैपाने, रमेश पुरी, मनहरी-८ का वडाध्यक्ष नारायण उप्रेती, मनहरी-३ का वडाध्यक्ष अनन्त अर्याल लगायत पुगेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan