कैलाश । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक भत्ता वितरण गरिएको पञ्जिकरण शाखा प्रमुख अशोक स्याङ्तानले बताए ।
६ वटा वडाका ४६५ जनालाई भत्ता वितरण गरिएको उनले बताएका छन् । स्याङ्तानका अनुसार वडा १ मा ९५ जना, वडा २ मा ९६ जना, वडा ५ मा १२५ जना, वडा ६ मा ८७ जनालाई भत्ता वितरण गरिएको बताए । त्यस्तै, वडा ९ मा ३९ जना र वडा १० मा २३ जना लाभग्राहीलाई भत्ता वितरण गरिएको छ ।
वडा अध्यक्ष, सुरक्षा निकाय, बैंकका प्रतिनिधिहरुको उपस्थितीमा भत्ता गरिएको थियो । गाउँपालिकाका वडा ३,४,७ र ८ का लाभग्राहीले भने प्रत्यक्ष बैंकबाट नै भत्ता लिने गरेका छन् ।
बैंकबाट टाढा रहेका ६ वटा वडाहरुमा वडा कार्यालयबाटै भत्ता वितरणको सेवा गाउँपालिकाले व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । जेष्ठ नागरिक, विरामी, अपाङ्गता रहेका गाउँबासीहरुलाई आवतजावतमा समस्या रहने हुनाले वडामै भत्ता दिइने गरेको अध्यक्ष मुक्तानले बताए । घण्टौ यात्रा गरेर बैंक आउनुपर्ने बाध्यतालाई मध्येनजर गर्दै हामीले वडाबाटै सेवा प्रदान गरेका हौं, उनले भने । आगामी दिनहरुमा पनि सामाजिक सुरक्षा भत्ता वडाबाटै गर्नेछौं ।

