Search
Close this search box.

४ नं. वडा कार्यालयद्वारा आश्रमलाई वासिङ्ग मेसिन र प्रिन्टर हस्तान्तरण

हेटाैँडा- हेटाैँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयकाे तर्फबाट ॐ वृद्वाश्रम, चाैकिटाेललाई करिब एक लाख वरावरकाे वासिङ्ग मेसिन तथा प्रिन्टर हस्तान्तरण गरिएकाे छ ।

आज एक कार्यक्रममा वडा अध्यक्ष नवीन सिग्देल, कार्यापालिका सदस्य ईश्वरी रसाईली, वडा सदस्य जनरल श्रेष्ठ, गीता त्रिपाठी, वडा कार्यालय सचिव टीका कँडेलसहितकाे उपस्थितिमा आश्रमका अध्यक्ष सिद्विलाल श्रेष्ठसहितकाे आश्रम परिवारलाई हस्तान्तरण गरिएकाे थियाे ।

हस्तान्तरणकाे क्रममा वडा अध्यक्ष नवीन सिग्देलले आश्रय लिईरहनु भएका बेसाहारा आमाबुवाहरूकाे सहजताकाे लागि वडा कार्यालयकाे तर्फबाट उपकरण हस्तान्तरण गर्न पाउँदा खुसी लागेकाे बताए । उनले भाैतिक विकाससँगै सामाजिक विकासमा ४ नं.  वडा कार्यालयले ध्यान दिइरहेकाे बताउँदै सबैकाे सहयाेग आवश्यक रहेकाे बताए । आश्रमका अध्यक्ष सिद्विलाल श्रेष्ठले वडा कार्यालयकाे तर्फबाट भएकाे सहयाेगप्रति धन्यवाद ज्ञापन गरे ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan