हेटाैंडा- पछिल्लाे हप्ता जंगली हात्तीकाे आक्रमणबाट मकवानपुर र सिन्धुलीमा तीन जनाले ज्यान गुमाएपछि बागमती प्रदेश सरकारले मृतकका परिवारलाई राहतकाे घाेषणा गरेकाे छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले हात्तीको आक्रमणबाट मुत्यु भएका व्यक्तिको परिवारलाई जनही एक/एक लाख रुपैयाँ क्षतीपूर्ति उपलब्ध गराउने निर्णय गरेकाे हाे ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषदको बैठकले जंगली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई क्षतीपूर्ति दिने निर्णय गरेको हो ।
गत साता जंगली हात्तीको आक्रमणबाट मकवानपुरमा २ जना र सिन्धुलीमा एक जनाको मृत्यु भएको थियो । जंगली हात्तीको आक्रमणबाट सिन्धुली कमलामाई नगरपालिका–१३ रानीबासका ४१ वर्षीय डण्डपाणि पौडेल, मकवानपुर मनहरी–४ का ६४ वर्षीय राधा अधिकारी र बकैया–५ का सन्तलाल माझीको मृत्यु भएको थियो ।
मन्त्रिपरिषद बैठकले मृतकका परिवारजनलाई राष्ट्रिय निकुञ्जबाट प्राप्त हुने १० लाख रुपैयाँ क्षतिपूर्ति रकम दिलाउन पहल गर्ने निर्णय समेत गरेको छ । हात्तीको आक्रमणबाट भौतिक क्षति भएको विषयलाई सम्बोधन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तथ्याङ्क संकलन गरी आगामी बैठकले निर्णय गर्ने सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।
त्यस्तै बैठकले प्रदेश सुशासन केन्द्रका निर्देशन बिमल पोखरेलको राजीनामा स्विकृत गर्ने निर्णय गरेको छ।
। बैठकले कृषि मन्त्रालय मार्फत् स्थानीय तहमा कार्यान्वयन हुने गरी विभिन्न शिर्षकमा ३ करोड रुपैयाँ बजेट पठाउने निर्णयसमेत गरेकाे छ ।

