Search
Close this search box.

सुपर मादी हाइड्रोपावरको सेयर कारोबार खुला

हालै आईपीओ बिक्री गरेको सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा आइतबारबाट कारोबारमा आएको छ। 

आज स्पेसल प्रि–सेसनमा सुपर मादी हाइड्रोपावरको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकेको रेन्जभित्र सेयर किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो। 


नेप्सेले यो कम्पनीलाई ‘एसएमएचएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सले प्रतिकित्ता न्यूनतम ९९.८० रुपैयाँ र अधिकतम २९९.४० रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो। आज प्रि–सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता २९९ रुपैयाँमा कारोबार भएको छ।  

कम्पनीको १०० अंकित दरका कुल २ करोड १० लाख कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गत बिहीबार सूचीकृत भएको थियो। नेप्सेमा यो कम्पनीको संस्थापक समूहको १ करोड ७८ लाख ५० हजार कित्ता, स्थानीयको १० लाख ५० हजार कित्ता र सर्वसाधारणको २१ लाख कित्ता सेयर सूचीकृत भएको छ। 

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan