मन्जु मैनाली
हेटौंडा– मकवानपुरमा महिला हिंसाका घटना बढ्दो क्रममा रहेको पाइएको छ । पछिल्लो ७ महिनामा प्रहरीमा दिएको उजुरीसम्बन्धी तथ्यांक केलाउँदा महिला हिंसाको घटनामा वृद्धि हुँदै गएको देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मात्र पछिल्लो ७ महिनाको अवधिमा ४ सय १ वटा महिला हिंसाको उजुरी दर्ता भएको छ । जसमध्ये घरेलुु हिंसासम्बन्धी उजुरी दिनेको संख्या २ सय ६८रहेको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १ सय ३३ महिलाले कुटपिट र अभद्र व्यवहार सम्बन्धि हिंसा भएको भन्दै उजुरी गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा ७२ जना, भदौमा ७६ जना,आश्विनमा ६० जना, कार्तिकमा ४४ जना, मंसिरमा ४७ जना, पुसमा ५५ जना र माघमा ४७ जना महिला हिंसामा परेका छन् ।
हिंसामा परेर उजुरी दिएकाहरु मध्ये २ सय १४ जनाको मिलापत्र गराइएको बताएको छ भने ४१ जनालाई सम्बन्धित निकायमा पठाइएको जनाइएको छ। त्यस्तै १ सय २ जनाको उजुरी फछ्र्यौट हुन बाँकी नै रहेको प्रहरीले जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चूडा कुमारी खड्काले बताइन् ।
का अनुसार,हिंसा बढेको भन्दा पनि समाजिक संजालहरु मार्फत विभिन्न ठाउमा घटेका घटनाहरु तुरुन्तै जुनसुकै स्थानमा पनि पुग्ने भएको कारण त्यस्ता खुलेर समाचार मार्फत आएको घटनाले मनोबल बढेको कारण उजुरी गर्नेको संख्या बढीरहेको बताइन।पहिल्यै पनि घटनाहरु घट्ने गर्दथे व्यक्तिमा सिमित तर रहन्थे भने अहिले पछिल्लो समय सहज पौचका कारण र विभिन्न संघसस्थाहरुको माध्यम द्वारा सम्बन्धित निकाय सम्म पुग्ने कारण पनि बढी हिंसा का घटनाहरु अगाडी आइरहेको बताइन् ।
उनका अनुसार महिला, बालबालिका र जेष्ठ नागरिक तथा लैङ्गि अल्पसंख्यकहरुमा हुने हिंसाका अपराधहरु मध्ये सबै भन्दा बढी महिला हिंसा हुने गरेका छन् । परिवार र नजिकका चिनजानका व्यक्तिहरु बाट हुने घरेलु हिंसाका घटनाहरु बढी आउने गरेको उनले सुनाइन् । पछिल्लो समय महिला हिंसा मात्र नभएर पुरुष पनि पीडित हुने गरेको प्रहरी निरीक्षक खड्काको भनाइ छ । लैङ्गिक हिंसाअन्तर्गत करिब २५ प्रतिशत पुरुष हिंसा हुने गरेको उनको अनुमान छ । ।
सामाजिक संजालको दुरुपयोग भएको कारण र महिला पर पुरुष सँग र पुरुषहरु पर महिलासँग अनैतिक सम्बन्ध राख्ने कारण पनि धेरै सम्बन्धहरु बिग्रने गरेको र यस्ता अवस्थामा कमै मात्रमा मिलापत्र गराउन सकिने प्रहरी निरीक्षक खड्काको अनुभव छ । लागुऔषध सेवन , घरेलुु मदिरा र त्यसले सिर्जिएको अन्य समस्याले गर्दा घरमा झैझगडा हुने र सम्बन्ध बिच्छेद हुने समस्या बढी रहेको प्रहरीको तथ्यांकले देखाउँछ । कम उमेरमा विवाह गर्ने र आर्थिक कारणले गर्दा पनि बढी हिंसामा पर्ने गरेको बताइन्छ । महिला हिंसा तथा लैङ्गकि हिंसाका घटनाहरु न्यूनीकरण गर्न सामुदायिक प्रहरीले विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको प्रहरीले जनाएको छ ।

