बुधबार सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारको तुलनामा बुधबार एक हजारले घटेको सुनको भाउ प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार हुने भएको छ । यसैगरी तेजावी सुनको भाउ प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएको छ । यसअघि तेजावी सुन १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको भाउमा पनि उच्च गिरावट आएको महासंघले जनाएको छ । यसअघि प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी २५ रुपैयाँले घटेर १ हजार २२५ रुपैयाँमा कारोबार हुनेछ ।
केही प्रतिक्रिया छ कि ?


