हेटौंडा–आधारभूत तहबाट नै वैज्ञानिक सिकाइ सिकाउने उद्देश्यले हेटौंडा–४ स्थित नवोदय इङ्लिस बोर्डिङ स्कुलले जुनियर साइन्टिस्ट कार्यक्रमको आयोजना गरेको छ । नवोदय विज्ञान समूहको आयोजनामा शुक्रबार भएको कार्यक्रममा कक्षागत रुपमा सात वटा समूह छनौट भएका छन् । कक्षा १ देखि ९ सम्मका २६ समूहले जुनियर साइन्टिस्ट कार्यक्रममा सहभागिता जनाएका थिए ।
तैरिने र डुब्ने वस्तुहरु’ को प्रयोगात्मक गरेका कक्षा १ का प्रिन्सा मोक्तान, अनुभव कौशिक पण्डित र लियना कोइरालाको समूह उत्कृष्ट भएका छन् । यसैगरी इन्टरमिडेट लेभलमा वृष्टि जयसवाल, दिप्सना स्थापित र मिल्सन राज बैधको समूह उत्कृष्ट छनौट भए । वृष्टिको समूहले सोडामा हुने चिनीको मात्रा पत्ता लगाउने प्रयोगात्मक प्रस्तुत गरेका छन्, मिल्सनको समूहले प्रकाशको परिवर्तन प्रस्तुत गरेका थिए भने दिप्सनाले तैरिने अण्डाको प्रयोगात्मक प्रस्तुत गरेका छन् ।
त्यसैगरी माध्यमिक तहमा कक्षा ९ का प्रीतिका कार्की र दृष्टि प्रधानको समूह उत्कृष्ट घोषित भएका छन् । प्रीतिकाले इनरसिया टावर र दृष्टिले कलर्ड फ्लेमको प्रयोगात्मक तवरले प्रस्तुत गरेका छन् । त्यसैगरी जुनियर लेभलमा हावाको गुणको बारेमा प्रयोगात्मक प्रस्तुत दिएका कक्षा ४ का आरोग्य खनाल उत्कृष्ट घोषित भएका छन् । नवोदय विद्यालयका विज्ञान शिक्षक रामकृष्ण श्रेष्ठ, बिओन्ड एपोजीका प्रमुख सुदिपविक्रम अधिकारी, साइन्स शिक्षक सङ्घ नेपाल मकवानपुरका भरत पोखरेल र विनोद गुप्ताले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
साथै उक्त कार्यक्रममा चारवटा कार्यशालाहरु पनि दिएको छ । जसमा माइक्रोस्कोपको प्रयोग नवोदयमा अध्ययन गर्ने कक्षा ७ का विद्यार्थीका समूहले दिएका थिए । हर्बेरिएम बनाउने कार्यशाला नवोदयका शिक्षक रोदिना थापाले दिएका थिए भने रोबोटिक्स सम्बन्धि कार्यशाला एडुभेकका अभिषेक अधिकारीले दिएका थिए । त्यस्तै बिओन्ड एपोजीका प्रमुख सुदिपविक्रम अधिकारीको समूहले पानीबाट चल्ने रकेटको कार्यशालाहरु प्रदान गरेका थिए ।
जुनियर साइन्टिस्ट कार्यक्रम संयोजक कक्षा ९ का अमिर चौधरीको अध्यक्षतमा भएको कार्यक्रममा हेटौंडा ४ का वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो । विद्यालयमा हुने विज्ञान कार्यशाला कार्यक्रमले पढ्नमा थप टेवा मिल्ने वडा अध्यक्ष सिग्देलले बताए । त्यस्तै श्रमिक माविका केही विद्यार्थीहरुले पनि अवलोकन गरेका छन् । निम्ति कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।